बाढीप्रभावित गाविसमा भाईरल ज्वरोका विरामी बढे

२० श्रावण २०७३, बिहीबार १२:३६
 

M_Health_WomenHealthCampसपना विष्ट/सदरलाइनडटकम
२० साउन, नेपालगन्ज :गत साता राप्ती नदीमा आएको बाढीका कारण डुवानमा परेका गाविसहरुमा विभिन्न रोगका प्रभावहरु देखिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ती गाविसहरुमा औषधीसहित स्वास्थ्यकर्मी खटाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण शाखाका फोकलपर्शन रामबहादुर चन्दले बाढी प्रभावित गाविसमा बाढीपछि माहामारी फैलनसक्ने भएकोले तत्काल आवश्यक औषधी सहितको थप स्वास्थ्यकर्मी पठाईएको जानकारी दिए ।
उनले भने–‘बाढीका कारण खोनेपानीको स्रोत तथा मुहान डुवानमा परेको र बाताबरणमा पनि प्रतिकुलता आएकोले बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिनको लागि खानेपानी निर्मलिकरणका लागि आवश्यक वाटरगार्ड र पीउस पठाईएको छ ।’ उनले बाढीका कारण हुन सक्ने विभिन्न रोगको लागि आवश्यक पर्ने औषधीहरु स्थानीय स्वास्थ्यकेन्द्रहरुमा आवश्यकता अनुसार पठाई सकिएको बताए ।
बाँकेका फत्तेपुर, होलिया, बेतहनी, गंगापुर, मटेहियालगायतका गाविसमा भाईरल ज्वरो, झाडापखाला, आँखा पाक्ने, तथा छालामा विभिन्न संक्रमण देखिन थालेको थियो । बाढी प्रभावित क्षेत्रमा सबै भन्दा बढी भाईरल ज्वरोका विरामी भेटिएको आफुलाई जानकारी आएको बताए ।
उनले फत्तेपुर स्वास्थ्य चौकीमा बितेका ४ दिनमा आएका २ सय ९० विरामीमा भाईरल ज्वरोका १ सय ७५ विरामी, झाडापखाला ३२ जना र अन्य ८३ जनामा आँखा पाक्ने, छालाको संक्रमण भएका रोगीहरु उपचारको लागि आएको जानकारी दिए ।
यसैगरी गंगापुर स्वास्थ्य चौकीमा ४ सय ३४ जना विरामी मध्य २ सय २८ जनामा भाईरल ज्वरो, ६० जनामा झाडापखला र १ सय ४६ जनामा आँखा पाक्ने र छालाको संक्रमण भेटिएको छ । होलियाको खडैचामा आएका ६३ विरामीमा २७ जनामा भाईरल, १३ जनामा झाडापखाला र ४२ जनामा आँखा र छालाको संक्रमण देखिएको छ ।
उनले बाढी प्रभावित गाविसमा एक हप्ताको लागि प्रत्येक घरघरमा पुग्नेगरी महिला स्वास्थ्य स्वयमसेविकालाई हात धुने सावुन, जीवनजल, पानी शुद्धगर्ने पियूस÷वाटरगार्ड लिएर जाने कार्यक्रम तय गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस सेन्टर बाँकेमा धिताल

२० श्रावण २०७३, बिहीबार १२:३६
सदरलाइनडटकम २० साउन, नेपालगन्ज : माओवादी केन्द्र निकट प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्ट धिताल निर्वाचित भएका छन् । नेपालगन्जमा आएको तेस्रो जिल्ला सम्मेलन तथा एकता भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षहरुमा केशव राना, आलम खान र कृष्ण ओली चयन भएका छन् । यसैगरी सचिवमा संगिन शर्मा, सहसचिवमा विद्या […]