कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख सेनद्वारा कार्यकक्षमै सहकर्मीमाथि कुटपिट

रुद्र सुवेदी १ आश्विन २०७८, शुक्रबार १५:४१
 


कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुखले कार्यालय समयमा कार्यकक्षमै आफ्नै सहकर्मी माथि हातपात गरेका छन् । नगर स्वास्थ्य प्रमुख अनिल कुमार सिंहले स्वास्थ्य शाखा मै कार्यरत रहेका सिनियर स्वास्थ्य अधिकृत गेहराज खनालमाथि हातपात गरेको पीडितले बताए ।

शुक्रबार बिहान करिब पौने ११ बजे कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखामा घटेको सो घटना कोभिड–१९ को लागि आवश्यक औषधि खरिद गर्ने विषयमा उठाईएको टिप्पणीमा पीडितले खरिद गर्ने औषधिको लिष्ट माग्दा शाखा प्रमुख सेनले मुक्काले अनुहारमा र लात्तिले शरिरमा प्रहार गरेको बताए ।

उनले भने–‘बिहीबार नै कोभिड–१९ को उपचारको लागि औषधि खरिद गर्ने विषयमा टिप्पणी उठाईएको थियो टिप्पणीमा सहिगर्न लागईयो मैले खरिद गर्ने औषधिको लिस्ट खोई भन्दा भोली शुक्रबार विहान कार्यालय समयमा हेर्नुहोला अहिलेलाई सहि गरी प्रकृया अघि बढाउ भनेपछि मैले होला त भनेर सहि गरे तर, आज बिहान खरिद गर्ने औषधिको लिष्ट खोई भन्दा म माथि शाखा प्रमुखले नै कुटपिट गर्नुभयो ।’

पीडित खनालले शाखा प्रमुख सेनसंग औषधिको लिस्ट नहेरी टिप्पणीमा भएको आफ्नो हस्ताक्षर औषधिको लिस्ट नदेखाएसम्म टिप्पणीको आफ्नो हस्ताक्षर आफैले काट्छुु भन्दै माग्दा सेनको हातमा रहेको टिप्पणीको कागज च्यातिएको भन्दै आफुमाथि मुक्का र लात्ति बर्षाएको आरोप लगाए ।

पीडित खनालले आफुमाथि कार्यकक्षमा नै भएको हातपातको विषयलाई लिएर कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसी र ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका छन् । जिल्ला सभा भएको कारण नगरपालिकामा प्रमुख कार्यकारी लगायतको टोली नेपालगञ्ज भएकोले सो घटनाको विषयमा सोमबार मात्र छलफल हुने नगरपालिका स्रोतले जनाएको छ ।


स्वास्थ्य प्रमुख सेनमाथी कोरोनाको दोस्रो भेरिएन्टको कोरोना महामारीको बेलामा कोहलपुर नगरपालिकाको वडा नं. ५ को स्वास्थ्य संस्थामा खटिएका एक एचएलाई पनि कार्यालय समयमै गएर सोही वडाको कार्यालय परिसरमा लखेटेर कुटपिटको प्रयास गरेको आरोप लागेको थियो ।

यसैबीच आरोपित स्वास्थ्य शाखा प्रमुख सेनले टिप्पणी उठाएको कागज च्यातिएपछि आफुहरुबीच सामान्य भनाभन मात्र भएको तर पीडितले भनेको जस्तो कुटपिट नभएको दाबी गरे । उनले उल्टो खनालले टिप्पणी उठाएको कागज च्यात्नुको साथै स्टोर प्रमुखलाई दुव्र्यबहार गरेको आरोप लगाए ।

सो घटनाको विषयमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत टोपेन्द्र केसीले मेयर लगायत आफुहरु जिल्ला सभामा रहेको कारणले सोमबार मात्र यस विषयमा छलफल गरी दोषिलाई कानुन बमोजिम छलफल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायको माग गर्दै महिला अधिकारकर्मीहरुद्धारा पैदल यात्रा

१ आश्विन २०७८, शुक्रबार १५:४१
नेपालगञ्ज : बाँकेमा भएका पछिल्ला दुई घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रा शुरु गरेका छन् । गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि बेपत्ता रहेकी नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै उनीहरुले पैदलयात्रा शुरु […]