कर्णाली करिडोरमा सुख्खा पहिरो जाँदा राजमार्ग अबरुद्ध

सदरलाइन संवाददाता १३ असार २०७८, आईतवार २०:०५
 


नेपालगञ्ज  : कर्णाली करिडोरमा गएको सुख्खा पहिरोको कारण सवारी साधन नचल्दा खाद्यान्न तथा अत्यावश्यक वस्तुको ढुवानी ठप्प भएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरूद्ध भएको छ । राजमार्ग नै अवरूद्ध हुने गरी निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अबरुद्ध भएको हो ।

सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘कर्णाली राजमार्ग अवरूद्ध भएको त एक हप्ता बढी भयो’, उनले भने, ‘वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ ।’

लगातारको वर्षाका कारणले कर्णाली करिडोर एक साताभन्दा बढीदेखि नै अवरूद्ध रहेको छ । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षातका कारणले पहिरो जादाँ अवरूद्ध भएको हो ।

कर्णाली करिडोरअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ । पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बेलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अवरूद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ’, उनले भने, ‘पहिरो पन्छाउनका लागि पहल थालिएको छ, चाँडै सञ्चालन गर्ने तयारी गरेका छौं ।’

कर्णाली करिडोरमा कालिकोटको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुबाहक सवारी साधन र मालबाहक सवारी साधन चल्ने गरेका भए पनि अहिले पहिरोका कारणले अवरूद्ध भएको यातायात व्यवसायी धनबहादुर बटालाले जानकारी दिए । अझै पहिरो पन्छाउन केही हप्ता लाग्ने बटालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा तीन जनाको मृत्यु

१३ असार २०७८, आईतवार २०:०५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत झिमरुक गाउँपालिका ३ प्युठानका ३८ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका ११ दाङका ६८ वर्षीय पुरुष र आठविसकोट नगरपालिका ४ दैलेखका ७३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन […]