सीमा क्षेत्रबाट भारततर्फ ईन्धन तस्करी बढ्यो

२० जेष्ठ २०७५, आईतवार १९:२४
 

सदरलाइनडटकम 
२० जेठ, नेपालगन्ज : भारतमा ईन्धनको मूल्य आकाशियपछि नेपालबाट विभिन्न माध्याम प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतमा भन्दा नेपालमा पेट्रोलिमय पदार्थ सस्तो भएकोकारण नेपालगन्ज र आसपासको क्षेत्रबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी हुने गरेको हो ।
भारतमा भन्दा नेपालमा पेट्रोल लिटरमा ३० रुपैयासम्म सस्तो पर्ने गरेकोले नेपालगन्ज, साईगाउ, सैनिक, हिरमिनिया, जमुनाह, पूर्विनाका लगायतका खुला क्षेत्रबाट तेलको तस्करी गर्ने गिरोह नै सक्रिय छ ।
भारतको रुपैडिहा नाका हँदै नेपालगन्ज र जमुनाहा छेउछाउका पेट्रोलपम्पबाट भारतीय नम्बर प्लेटका ढुवानीको सवारीसाधन प्रयोग गरी ईन्धन तस्करी हुँदै आएको छ । यसैगरी खजुरा गाउँपालिका वडा नं. १ सैनिकको सीमाबाट डिजेल र पेट्रोल निर्वाध रुपमा ग्यालेनमा भरेर इन्धन तस्करी भइरहेको स्थानीयले जानकारी दिएका छन् । स्थानीय राकेश थापाका अनुसार दैनिक २० जनासम्मको तस्करको समुहले प्रतिव्यक्ति ३० लिटरका दरले अनुमानित ६ सय लिटरसम्म इन्धन तस्करी गर्ने गरेको बताए । उनले भने–‘ ईन्धन तस्करीको बारेमा पटक–पटक राधापुर प्रहरी चौकीलाई अवगत गराउँदा पनि तस्करीको क्रम घटेको छैन ।’
स्थानीय समुह जागृती युवा मञ्चका सचिव रमेश थापाले तेल मात्र नभई मासुजन्य पदार्थ लत्ता कपडा खाद्यसामग्री एवम् बन पैदावार लगायतका सामाग्रीहरु पनि राजस्व छली गरी भित्रिरहेकोमा प्रहरी चौकीको मौनतालाई आफुले अर्थपुर्ण रुपमा हेरेको बताए ।
यसैगरी नेपालगन्जमा भारतबाट मालसामान लिएर आउने ठूला मालबाहक ट्रकले माल अपलोड गरेर भारत फर्कने बेलामा नेपालगन्ज आसपासका पेट्रोल पम्पहरुबाट तेल लिएर जाने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ‘कन्टेनर बोकेर आएका ट्रकको एउटै टंकीमा छ सय बढि डिजल जान्छ । त्यस्ता ट्रकमा दुईवटा टंकी हुन्छ सामान डेलीभरी दिएर भारत फर्कदा दुबै टंकी भरेर जानु पनि तस्करी हो’–स्रोतले भन्यो ।
यसैबीच बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले खुला सिमानको फाईदा उठाउदै तस्करी गर्नेहरुलाई कडाई गरिएको जानकारी दिए । उनले सीमा क्षेत्रबाट हुने जुनसुकै तस्करी तथा गैह्र कानूनी गतिविधि रोक्नको लागि आफुहरु सचेत भएको बताए । गणेशसिंह सुनारको सहयोगमा

Next Post

धरानले जित्यो बहिरा क्रिकेटको उपाधि

२० जेष्ठ २०७५, आईतवार १९:२४
सदरलाइनडटकम २० जेठ, कोहलपुर (बाँके) : नबौ राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि धरानले जितेको छ । राष्ट्रिय खेलकुद परिषदले कोहलपुरको प्रस्तावित क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगिताको आइतबार सम्पन्न खेलमा रुपन्देहीको दोस्रो र मोरङ तेस्रो भयो । विजेता टिमलाई प्रदेश ५ की कृषि भूमि ब्यबस्था र सरकारी मन्त्री आरती पौडेल र […]

सम्बन्धित