सदरलाइनडटकम,
गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोखरेलले मंगलवार विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रण भएको जानकारी दिएका हुन् ।
गुल्मीमा सोमवार २ जनामा संक्रमण पुष्टि भएको थियो । अर्का संक्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको व्यक्ति भएको पोखरेलले बताए । उनकाअनुसार छिमेकी गाउँपालिकाका कोरोना संक्रमण देखिएपछि धुर्कोटले केही जनप्रतिनिधि, कर्मचारी, स्वाथ्यकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी टेष्ट गरेको थियो ।
त्यसक्रममा एक पदाधिकारीको पोजेटिभ आयो । लगतै उनी र गाउँपालिका अध्यक्ष पोखरेलको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
