नेकपा एसद्वारा बाँके–१ बाट उम्मेदवार सिफारिस

सदरलाइन संवाददाता ९ भाद्र २०७९, बिहीबार १३:०९
 

नेपालगञ्ज : नेकपा एकीकृत समाजवादी (एस) बाँकेले क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ ले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ नेकपा एसका अध्यक्ष मञ्जु कोइरालाको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि वाइबी आले, इतवारी थारु र मञ्जु कोइरालालाई सिफारिस गरेको छ ।


यस्तै प्रदेश (क) मा केशवराम यादव, रामकृष्ण विक र प्रेमिका शाहि तथा प्रदेश (ख) मा अशोक कोइराला, अव्दुल हुसेन खाँ र केश कुमारी भुसालको नाम सिफारिस गरेको समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष लोकनाथ शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगरसहित दुई जना प्रक्राउ

९ भाद्र २०७९, बिहीबार १३:०९
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय तुलसीपुरले २२० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर उपमहानगरपालिका–५ घर भएका २९ वर्षीय मान बहादुर गन्दर्भ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–६ बाट बुधबार राति प्रक्राउ गरेको हो । प्रक्राउ परेका गन्दर्भमाथी […]