भेरी अस्पतालका सबै सटर खाली गराइयो

सदरलाइन संवाददाता ३१ भाद्र २०७८, बिहीबार १४:५४
 

नेपालगञ्ज : भेरी अस्पतालका सटरहरु खाली गरिएको छ । अस्पताल विकास समितिले भाडामा दिएका सबै सटर खाली गराएको हो ।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गराइएको जानकारी दिए ।

विशिष्टिकृत अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेकाले मन्त्रालयका नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताउँदै उनले यी संरचनाहरु हटाएर आकर्षक पर्खाल लगाइने जानकारी दिए ।


स्वास्थ्य मन्त्रालयले २०६५ सालमै अस्पतालका सटरहरु भाडा प्रयोजनमा नदिन परिचपत्रै गरेको थियो । तर धेरै जस्तो अस्पतालहरुले आफुसँग भएका सटरहरु भाडामा दिएर आन्तरिक आम्दानी गर्दै आएका थिए ।

भेरी अस्पतालका ३४ वटा सटर छन् । ती सटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा दिएको थियो । एउटा सटरले न्यूनतम १० हजारदेखि २ लाखसम्म भाडा अस्पताललाई बुझाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघ समात्न राखिएको आहारा बाघले खाएन

३१ भाद्र २०७८, बिहीबार १४:५४
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाएको बाघलाई नियन्त्रणमा लिन ठाउँ–ठाउँमा राखिएको आहारा बाघले नखाएको पाइएको छ । राप्तीसोनारी गाउँपालिका–१ गाभरमा आइतवार एक जनालाई खाएको दुईवटा बाघ बस्तीको छेउछाउ नछाडेपछि निकुञ्जले बाघ नियन्त्रणमा लिन बुधवार आहारा राखेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले ठाउँ–ठाउँमा राखिएको आहारा बाघले नखाएको […]