चालक अनुमतिपत्र : प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

१७ फाल्गुन २०७५, शुक्रबार ०७:३६
 

काठमाडौं : यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताउनुभयो । यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभाग पठाउने गरेका थिए । उहाँले भन्नुभयो, “कस्ता कागजात समेट्दा नेपालीकरण गर्नेरनगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेछ ।”

यातायात व्यवस्था कार्यालय गत मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो । नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँका अनुसार कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि जिम्मेवारी लिइसकेको छैन । उहाँले भन्नुभयो, “विभागले नै यातायात व्यवस्था कार्यालयबाट आएका समस्या समाधान गर्दै आएको थियो ।”


यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ ।

सोही व्यवस्थाका आधारमा विभागले विसं २०७४ देखि यो सेवा शुरु गरेको थियो । एकान्तकुना, सुकेधारा, ठूलो भ¥याङ, जगाति, सुनसरी, पर्सा, रुपन्देही र कास्की कार्यालयले चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएका छन् । रासस 

Next Post

उट ! आई पुगे नेपालगञ्जमा

१७ फाल्गुन २०७५, शुक्रबार ०७:३६
सदरलाइनडटकम, नेपालगञ्ज : फागुन १९ गतेदेखि नेपालगञ्जमा आयोजना हुने ‘प्रादेशिक महोत्सव–२०७५ को लागि भारतबाट दुईवटा ऊँट ल्याइएको छ । भारतको राजस्थानबाट मोटरमा ल्याइएका ऊँट बिहीबार नेपालगन्जमा आइपुगेको नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । भारतबाट ल्याइएका ऊँट महोत्सव स्थलमा राखिएका छन्। फागुन १९ गते आइतबार बिहान ९ बजे नेपालगन्ज उद्योग […]