बाजुरामा पहिरो जाँदा एकै परिवारका २ को मृत्यु

१७ श्रावण २०७६, शुक्रबार १३:३८
 

सदरलाइनडटकम,
बाजुरा : बाजुराको गौमुल गाउँपालिका ६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै घरका २ जनाको ज्यान गएको छ । पहिरोमा परेर अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो ।
अन्य ५ जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । शुक्रवार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

Next Post

‘कम्मरै भाचेर’ म्युजिक भिडियो सार्वजनिक

१७ श्रावण २०७६, शुक्रबार १३:३८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जका सञ्चारकर्मी खगेन्द्र दाहालको तिज गीत ‘कम्मरै भाचेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित लोक दोहोरी गायिका टिका पुनले दाहाललाई आवाजमा साथ दिएकी छिन् । सार्वजनिक गरिएको ‘कम्मरै भाचेर’ बोलको गीतको छायाङ्गकन नेपालगञ्जमा गरिएको थियो । ‘कम्मरै भाचेर’ गीतमा राजेन्द्र बजगाईको संगित रहेको छ […]