सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : ग्रामिण महिलाको आयस्तर बढाउने उद्देश्यले बाँकेको रोप्तीसोनारी–८ ढकेरीमा हेफर ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको बाँके बाख्रा व्यावसाय केन्द्रको आईतबार उद्दघाटन तथा हस्तान्त्रण गरिएको छ ।
साना किसान तथा ग्रामिण गृहणी महिलाहरुले उत्पादन गरेको खसिबोका र बाख्रको संकलन गरी बजारीकरण गर्ने उद्देश्यले स्थापना गरेको सो केन्द्रको संघिय सरकारका कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणी खनालले एक समारोहका बीच सो केन्द्रको उद्दघाटन गरे भने हेफरका कन्ट्री डाईरेक्टर डा शुभनारायण महतोले समाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेकी अध्यक्ष तथा सो केन्द्र सञ्चालक गंगा चन्द ठकुरीलाई हस्तान्त्रण गरेका हुन ।
उनले कृषिलाई आधुनिकि करण गर्दै प्रविधिसंग जोड्नसके मात्र सबै क्षेत्रको विकास हुने कुरामा जोड दिदै–‘कृषि क्षेत्रको विकासको लागि आधुनिक प्रविधिको प्रयोग हुन आवश्यक छ । संघीय सरकार सहयोग गर्नको लागि सकारात्मक छ ।’ कृषिको विकास गर्न सकेमात्र मुलुक संबृद्ध हुने कुरामा जोड दिदै पछिल्लो समय कृषि क्षेत्रमा दिईने अनुदानको सदुपयोगको बारेमा विभिन्न टिका टिप्पणी उठेको बताए ।
उनले गृहणी महिला मिलेर निर्माण गरिएको सामाजिक उद्यमी महिला सहकारीले व्यावसायिक बाख्रापालन तथा खसी संकलन केन्द्र खोलेर सञ्चालन गर्न मुलुककै उदाहरणिय कार्य भएको बताउदै सरकार सहयोग गर्नको लागि सकारात्मक भएको औल्याए ।
सो कार्यक्रममा बोल्दै पाँच नंम्बर प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले किसानसंँग जोडिएर किसानको हितमा हुने कार्यक्रम लागू गर्ने योजना बनाएको बताईन । उनले भनिन–‘संघिय सरकारले थालनी गरेका योजनामा सहकार्य गर्नुको साथै प्रदेस सरकारले पनि किसानको माग अनुसारको योजना लागु गर्ने छ ।’
बाख्रा र दुधको आपूर्तीमा योगदान दिने उदेश्यले हेफर ईन्टरनेशनलले बाँकेको राप्तीसोनारीका विभिन्न वडाहरुमा गृहणी महिलालाई व्यवसायिक तालिम दिनुको साथै उनीहरुको उत्पादनलाई बजारसंग जोड्नलाई पनि सहयोग गरेको हेफर ईन्टरनेशनलका निर्देशक डा.तिर्थराज रेग्मीले बताए ।
समाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेकी अध्यक्ष तथा सो केन्द्र सञ्चालक गंगा चन्द ठकुरीले हेफरको सहयोगमा २०७२/०७३ देखि कारोबार सुरु गरेको बताईन । उनले सो आर्थिक वर्षमा १ हजार २२९ खसी, आर्थिक वर्ष ०७३ / ०७४ मा २ हजार २३५ र आर्थिक वर्ष ०७४ / ०७५ मा ४ हजार ५०९ खसि संकलन गरी बिक्रि गरेको जानकारी दिईन । उनले बजारीकरणमा अनेकन झमेला रहेको कारणले महिलाहरु व्यवसायमा आउन नरुचाउने गरेको बताईन ।
हेफरको सहयोगमा एक पटकमा ५ सय खसी बाख्रा राख्न मिल्ने नमुना केन्द्रको रुपमा विकास गरिएको साथै हरेक वर्ष केन्द्रमा खसीबाख्राको संख्यामा बृद्धि गर्दै व्यावसाय सञ्चालन गर्ने र आगामि २ वर्ष भित्रमा केन्द्रमा वार्षिक ३० हजार बढी खसी संकलन गरी विक्रि बितरण गर्ने योजना रहेको छ ।