बाँकेमा २० संक्रमित थपिए, १५ जना डिस्चार्ज

सदरलाइन संवाददाता ३१ भाद्र २०७८, बिहीबार १३:३३
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८५ नमुना परीक्षण गर्दा १८ र बागेश्वरी प्रयोगशालामा १९ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टिभएको छ । मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा भने सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका १५ जना छन् । कोहलपुरका ९, नेपालगञ्जका ४ र खजुराका २ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय २३ पुगेको छ ।

यस्तै बिहीवार थप १५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालका सबै सटर खाली गराइयो

३१ भाद्र २०७८, बिहीबार १३:३३
नेपालगञ्ज : भेरी अस्पतालका सटरहरु खाली गरिएको छ । अस्पताल विकास समितिले भाडामा दिएका सबै सटर खाली गराएको हो । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर खाली गराइएको जानकारी दिए । विशिष्टिकृत अस्पतालको रुपमा सरकारले घोषणा गरिसकेकाले मन्त्रालयका नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्नु आफ्नो […]

सम्बन्धित