जिल्ला अदालत बर्दियाबाट सजाय तोकिएका ३ जना फरार कसुरदार पक्राउ

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार १९:१९
 

बर्दिया : बर्दिया प्रहरीले जिल्ला अदालत गुलरिया बर्दियाको फैसला आदेशले सजाय तोकिई फरार रहेका ३ जना फरार कसुरदार पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट खटिएको प्रहरी टोलिले बुधबार विभिन्न मुद्दामा सजाए तोकिएका ३ जना फरार कसुरदार पक्राउ गरि जिल्ला अदालत बर्दिया गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा चोरी कसुरमा १५ हजार जरिवाना तोकिएको गेरुवा गाउँपालिका वडा नं ४ का १ जना, जालसाज मुद्दामा ७ हजार २ सय ९८ जरिवाना तोकिएको वडा नं ५ का १ जना र अभद्र व्यवहार कसुरमा ४ हजार जरिवाना तोकिएको वडा नं २ का १ जना गरि ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

 


यस्तै प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याईएको सामान वेवारिसे अवस्थामा बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । गुलरिया नगरपालिका वडा नं ११ बाट १२ हजार बराबरको २ क्विन्टल भेली मंगलबार र वडा नं ९ बाट साढे ५ हजार बराबरको मोटरसाईकल पार्ट्स बुधबार फेला पारेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएको सो सामान आवश्यक प्रक्रिया पुरा गरि भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखका शिक्षक हत्या प्रकरण : एक महिला प्रक्राउ

३० भाद्र २०७८, बुधबार १९:१९
दैलेख : दैलेखमा भएको शिक्षकको विभत्स हत्याबारे एक महिलाले आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। दैलेखको गुराँस गाउँपालिका ८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। हत्या गरिएका शिक्षक छोटेपोखराकै स्थानीय थिए। सोही ठाउँकी २५ वर्षीया […]