नेपालगञ्जमा भन्सार छलिको सामान बरामद

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १७:०१
 

नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगञ्ज उप–महानरपालिका वडा नं.१० गणेशमान चोक स्थितमा अबैधरुपमा भारतबाट भन्सार छली गरी ल्याई वेवारिसे अवस्थामा रहेको खजुरी जम्मा प्याकेट १३४ वटा अन्दाजी साढे ६१ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।


बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बढैयातालका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो दालियो

१६ फाल्गुन २०८०, बुधबार १७:०१
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिले बुधबार मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । मोटरसाइकमा कार्यालय आउने क्रममा सो पालिकाको भोलागौढी नजिक केही युवाले मोसो दलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले […]