रमजानको नमाज घरमै पढ्न मुस्लिम समुदायका अगुवाको आग्रह

१३ बैशाख २०७७, शनिबार ०८:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाइरसको महामारीबाट बच्न आव्हान गरिएको लकडाउनको बिषम परिस्थितिमा यहाँका मुस्लिम समुदायका अगुवाहरुले रमजानको नमाज र तरावी घरमै पढ्न आग्रह गरेका छन् ।

मुस्लिम समुदायको पबित्र रमजान महिना आज शानिबारदेखि सुरु भएको छ । सरकारले देशलाई लकडाउन घोषणा गरेकाले कोबिड–१९ को संक्रमणबाट जोगिन लकडाउन कार्यान्वयन गर्नु मुस्लिम समुदायको पनि दायित्व रहेका भन्दै सो आग्रह गरिएको संबिधान सभा सदस्य तथा मुस्लिम अगुवा भोला सिद्दिकीले बताए । उनले रमजान पर्बमा रोजा घरमै बस्ने र मस्जिदमा समेत नजान सबैलाई आग्रह गरेका छन् ।

मुस्लिम अगुवा मोहम्मद हारुन हल्वाईले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णयलाई सबैले पालना गर्नुपर्ने बताए । उनले बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि आफु र समुदायलाई जोगाउन लकडाउन कार्यान्वयन गर्न समुदायलाई सुझाव दिएका छन् ।


इस्लाम धर्म गुरुहरुले समेत सजग र सतर्कता अपनाउन सबै मुस्लिम समुदायलाई अपिल गरेका छन् । इस्लाम धर्मगुरु तथा अन्तरधार्मिक सामाजिक सद्रभाव समितिका सहसंयोजक अब्दुल जब्बार मन्जरीले कोरोनाले कुनै धर्म र जात विशेषलाई मात्र असर नर्पुयाई सबैलाई असर गर्ने भएकाले आफ्नो समुदाय पनि सचेत हुनु पर्ने बताए ।
सो अवसरमा जामा मस्जिद नेपालगञ्जका इमाम मुफती कैफुलवरा मिस्बाहीले कोबिड–१९ नोबल कोरोना भाइरस महामारीबाट बच्न आव्हान गरिएको लकडाउनको बिषम परिस्थितिमा रमजानको नमाज र तरावी घरमै पढ्न आग्रह गरेका छन् ।

सो अवसरमा धर्मगुरु मौलाना मन्सुर, अतहर हुसैन फारुकी, मेराज अहमद (हिमालय) फिरोज वारसी, गुड्डु हल्वाई लगायतले आफ्नो पर्व र संस्कृती रिती रिवाज अनुसार घरमै सामाजिक दुरी कायम राखेर मनाउन आग्रह गरेका छन ।

Next Post

प्रहरी जवानको सडक दुर्घटनामा मृत्यु

१३ बैशाख २०७७, शनिबार ०८:५७
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाईनमा डियूटी सकेर घर जाने क्रममा शनिबार बिहान एक प्रहरी जवानको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।  दशगजाको क्वारेन्टाईनमा रहेको डुयुटी सकरे घर जानेक्रममा शनिबार बिहान प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै रोड डिभाईडरमा ठोक्किएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय […]