बाँकेमा बुधवार ५ संक्रमित थपिए, ११ डिस्चार्ज

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार १५:१८
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।


संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । ती, दुवै खजुरा गाउँपालिकाका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ ।

यस्तै बुधवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय २४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला अदालत बर्दियाबाट सजाय तोकिएका ३ जना फरार कसुरदार पक्राउ

३० भाद्र २०७८, बुधबार १५:१८
बर्दिया : बर्दिया प्रहरीले जिल्ला अदालत गुलरिया बर्दियाको फैसला आदेशले सजाय तोकिई फरार रहेका ३ जना फरार कसुरदार पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट खटिएको प्रहरी टोलिले बुधबार विभिन्न मुद्दामा सजाए तोकिएका ३ जना फरार कसुरदार पक्राउ गरि जिल्ला अदालत बर्दिया गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका […]