नेपालगन्जकाे बुलबुलियाराेडमा किड्स क्लब मण्टेश्वरी शुरु

१५ बैशाख २०७५, शनिबार १४:३५
 

सदरलाइनडटकम
१५ बैशाख, नेपालगन्ज :  साना बालबालिकालाई घरको बाताबारणमा शिक्षा दिने उद्देश्यले नेपालगन्जमा सुबिधा सम्पन्न मन्टेश्वरीको शनिबार उद्दघाटन भएको छ ।
किडस् क्लब मन्टेश्वरी इन्टरनेशनल प्रि–स्कुल विधिवत रुपमा नेपालगन्जमा सुरु भएको सो मन्टेश्वरीकी प्रिन्सिपल गरिमा शाही मल्लले बताईन । उनले भनिन–‘यहाँ प्रि–स्कुल र मन्टेश्वरी धेरै सञ्चालनमा छन् तर, हामीले पूर्ण रुपमा हाम्रो विद्यालयमा आउने विद्यार्थीलाई घरको बाताबरणमा गुणस्तरिय शिक्षा दिने छौ ।’
नेपालगन्ज उप–महानगरपालिका–१३ बुलबुलिया रोडमा सञ्चालनमा ल्याईएको सो मन्टेश्वरीको आफ्नै प्राङ्गणमा एक कार्यक्रम गरि मन्टेश्वरीको उद्दाटन गरिएको हो ।
कार्यक्रममा बोल्दे मन्टेश्वरीकी प्रिन्सिपल शाहीले यस मन्टेश्वरीले विद्यार्थीका लागि सबै खालका खेलौनादेखि बालबालिका लागि चाहिने उपयूक्त पोष्टिक आहरको पनि विद्यालयले नै ब्यबस्था गरेको बताईन । उनले भनिन् ‘हामी कँहा सामान्य परिवारका ब्यक्तिले पनि आफ्ना बालबालिका भर्ना गर्न सक्ने खालको बाताबरण भएको हँुदा समयमै आ–आफ्ना नानी बाबुहरुलाई विद्यालय भर्ना गर्नुहोस ।


शान्त बाताबारण धुवाँ धुलो र ध्वनी प्रदुशण नभएको बालबालिकाको लागि खेल्नको लागि ठूलो मैदान भएको किड्स क्लव मन्टेश्वरीले पूर्ण रुपमा घरको बाताबरणमा शिक्षा दिने उद्देश्यले सञ्चालनमा ल्याईएको मन्टेश्वरीका सञ्चालक अंशिता मिश्राले बताईन । ‘शहरमै भए पनि शहरको होहल्ला र धुवाँ धुलोबाट टाढा छ । विद्यालयको कम्पाउण्ड पूर्ण बालमैत्री बनाउने प्रयास गरेका छौ । अर्कोकुरा अभिभावकले आफ्नो बच्चा निर्धक्क हामीकहाँ भर्ना गर्नसक्ने खालको शैक्षिक बताबरण निर्माण हामीले गरेका छौ’–उनले भनिन ।


Next Post

युवाहरुलाई जीवन उपयोगी तालिम

१५ बैशाख २०७५, शनिबार १४:३५
सदरलाइनडटकम १५ बैशाख, नेपालगन्ज : युवायुवतीहरुमा निर्णय क्षमता बृद्धि गर्नका लागि सामाजिक विकास मञ्च बाँकेले चारदिने जिवन उपयोगी सिप तालिम दिएको छ । उक्त तालिमको शनिबार नेपालगन्जमा समापन गरिएको छ । तालिमले युवायुवतीहरुमा आत्मबिश्वास जगाई उनीहरुले आफुले चाहेको काम गर्ने अवस्थामा पु¥याउने बिश्वास ब्यक्त गरे । समापन कार्यक्रममा बोल्दै सेभ […]