बाँकेमा रक्तदान गर्न रक्तसञ्चार केन्द्रको अपिल

सदरलाइन संवाददाता २७ श्रावण २०८०, शनिबार १३:३०
 

नेपालगञ्ज : पश्चिम नेपालका तीन वटा प्रदेशका गम्भीर अवस्थाका बिरामीको उपचार हुँदै आएको नेपालगञ्जमा फेरि रगत अभाव हुन थालेको छ । मौसम परिवर्तनका कारण बाँकेका विभिन्न सरकारी र गैर सरकारी अस्पतालमा बिरामीको चाप बढ्नाले उनीहरूको उपचारमा रगतको अभाव देखिन थालेको जनाइएको छ ।

रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जिल्लाका विभिन्न अस्पतालहरूमा दैनिक उपचारका लागि रगतको माग बढ्नु र रक्तदान हुने क्रम घट्दा उपचारको लागि आवश्यक रगतमा अभाव देखिएपछि विभिन्न सङ्घसंस्था र व्यक्तिहरूलाई बढीभन्दा बढी रक्तदान गर्न अपिल गरिएको बताए ।

उनले विभिन्न घटना दुर्घटनामा परेका र गम्भीर अवस्थाका गर्भवती महिलालाई बढी रगत आवश्यक पर्ने हुँदा रगतको अभाव हुन थालेकाले संस्थागत रक्तदान बढीभन्दा बढी गर्न अपिल गरिएको बताए ।


रक्तदानका लागि अनुरोध गरिएपछि संस्थागत र व्यक्तिगत रक्तदानमा फेरि तीव्रता आएको रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । केन्द्रका अनुसार वर्षातको मौसममा विभिन्न सङ्क्रमणजन्य रोगको चाप हुनुको साथै सडक दुर्घटना पनि बढ्दो सङ्ख्यामा हुने भएकाले उपचारका लागि रगतको माग अत्यन्त बढी हुने हुँदा रगतको चिन्ता बढेको छ ।

बाँकेमा रहेको रक्तसञ्चार केन्द्रमा विभिन्न अस्पतालहरूबाट प्रतिदिन ६५ पिन्ट रगतको माग आउने गरेको छ । यसमा पनि नेगेटिभ ग्रुपको रगत अत्यन्तै न्यून हुने भएकाले त्यस्ता दातालाई स्टेण्डवाई राख्ने र आवश्यक परेको बेलामा बोलाएर रगत लिने गरिएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा हात्ती आक्रमणका घटनामा बृद्धि

२७ श्रावण २०८०, शनिबार १३:३०
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्तीक्षेत्र लगायत खाता जैविकमार्गमा मानव–हात्ती द्वन्द्व बढेको छ । शनिबार बर्दिया निकुञ्जमा १२ औं अन्तराष्ट्रिय हात्ती दिवस मनाइरहेको चार दिनअघि राजापुर नगरपालिका–१० मझेरास्थित दुई हात्तीले तीन वटा घर भत्काएका थिए । हात्तीले सोही ठाउँका ईश्वरी थारुको खरले छाएको दुई वटा कच्ची घर भत्काउँदै […]