बाँके प्रहरीद्वारा पटाका नष्ट

सदरलाइन संवाददाता १६ कार्तिक २०७८, मंगलवार १६:५८
 


नेपालगञ्ज  : तिहारमा आतिशबाजी गर्ने उद्देश्यले भित्र्याईएका पटाका बाँके प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरुले विभिन्न समयमा बरामद गरेर जम्मा पारेका पटाका मंगलबार जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले विभिन्न समयमा भारतबाट नेपाल ल्याउने क्रममा बरामद गरिएको अन्दाजी २ लाख बराबरका पटाकाहरु जनप्रतिनिधि, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको जानकारी दिए ।


दिपावलीको अवसर पारेर भारतबाट ठूलो मात्रामा पटका जन्य विष्फोटक नेपाल भित्र्याईने भएकोले सीमा नाकामा भारतबाट पटाका ल्याउन नदिन विषेश कडाई गरिदै आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ७ जनामा कोरोना पुष्टि

१६ कार्तिक २०७८, मंगलवार १६:५८
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा ४ र मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको […]