बाँकेमा १८ संक्रमित थपिए, ७ जना डिस्चार्ज

सदरलाइन संवाददाता २९ भाद्र २०७८, मंगलवार १४:३२
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १३० नमुना परीक्षण गर्दा १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ६६ नमुना परीक्षण गर्दा १६ र बागेश्वरी प्रयोगशालामा १७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टिभएको छ । मेडिकल कलेज कोहलपुरमा ४७ नमुना परीक्षण गर्दा भने सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।


संक्रमण पुष्टि भएका मध्ये बाँकेका ६ जना छन् । नेपालगञ्ज र खजुराका २–२ जना, कोहलपुर र राप्तीसोनारीका १–१ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ६ पुगेको छ ।

यस्तै मंगलवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय १३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा शिक्षकको घाँटी रेटी हत्या

२९ भाद्र २०७८, मंगलवार १४:३२
दैलेख : दैलेखमा एक जना शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको सोमवार राती घाँटी रेटेर हत्या गरिएको अवस्थामा विद्यालयमै शव फेला परेको हो । ४१ वर्षीय विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउँदै आउनुभएको थियो । विसी सोमवार राति ११ बजेसम्म छोटेपोखराको […]