राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सकुशल उद्धार

सदरलाइन संवाददाता १० श्रावण २०८०, बुधबार १५:१२
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाटस्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

एक्कासी नदीको बहाव बढेपछि फसेका २६ जनाको मंगलबार साँझ उद्धार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको बहाव बढेपछि भंगालोमा फसेका थिए ।


सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामग्रीसहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरबाट ५ किलो अफिमसहित तीन जना पक्राउ

१० श्रावण २०८०, बुधबार १५:१२
कोहलपुर (बाँके) : बाँकेमा प्रहरीले ५ किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेष्ट एण्ड लजबाट जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ का ४१ बर्षीय हरिप्रसाद भट्टराई, ३० बर्षीय देबीप्रसाद भट्टराई र ४० बर्षीय भवानी प्रसाद भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी […]