वडा सदस्य ज्ञानुले आफ्नै खर्चमा बनाए बाटो र खेलमैदान

१३ असार २०७६, शुक्रबार १९:५९
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : जनप्रतिनिधि सुविधाभोगी भए भन्ने जनगुनासो आई रहेको बेलामा बाँकेको राप्तीसोनारी–२ का एक जनप्रतिनिधि तथा युवा समाजसेवीले आफ्नै खर्चमा एक किलोमिटर बढी बाटो ग्रावेल गरेर उदाहरणीय कार्य गरेका छन् ।
राप्तीसोनारी–२ का वडा सदस्य समेत रहेका स्थानीय युवा समाजसेवी ज्ञानेन्द्रराज वली ज्ञानुले टिकुलीपुर शहिद स्मारकदेखि गाउसम्म जाने ५ मिटर चौडा भित्री बाटोमा ग्रेडर रोलरको प्रयोग गरेर एक हजार मिटर बढी बाटो निर्माण गरेका हुन ।
बढीको प्रकोपबाट सधै प्रताडित हुने सो क्षेत्रमा आवत जावत गर्नको लागि समेत कठीनाई भएको जनगुनासो आई रहेको बेलामा वडा सदस्य ज्ञानुले आफ्नो समाजिक उत्तरदायित्व र आफ्नो निर्वाचन क्षेत्रको विकासमा आफै पनि केही गरौ भन्ने अभिप्रायले बाटो र खेल मैदान निर्माण गरेको जानकारी दिए ।
वडा सदस्य ज्ञानुले आफ्नै खर्चमा टिकुलीपुर कै साईरन टावर नजिकै फुटबल मैदान निर्माण गरी शुक्रबार (आज) देखि वडास्तरीय फुटबल प्रतियोगिता समेत सञ्चालन गरिएको बताए ।
यसैबीच सो खेल मैदान र बाटोको राप्ती सोनारी–२ का वडा अध्यक्ष मदन वली तथा स्थानीय अगुवाको उपस्थितिमा उद्दघाटन गरिएको थियो ।

Next Post

क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल शुरु

१३ असार २०७६, शुक्रबार १९:५९
सदरलाइनडटकम, नेपालगञ्ज   :  बाँके जिल्ला फुटबल संघको आयोजनामा क्वीक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि नेपालगञ्जमा शुरु भएको छ । प्रहरी व्यायमशाला पुष्पलालचोकको खेलमैदानमा शुरु भएको क्वीक्स कपको पहिलो दिन भुपु सैनिक इमि, दीप ज्योति, चिसापानी, दीपक इमि स्कूल र अमर मावि, गौतमबस्ती विजयी भएका छन् । पहिलो खेलमा भुपु […]