रोपाई गर्न नपाउँदा नरैनापुरका किसान चिन्तित

सदरलाइन संवाददाता ३० श्रावण २०७९, सोमबार १४:१९
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा बर्षात नहुँदा धान रोपाई प्रभावित भएको छ ।

सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाई गर्न नपाउँदा चिन्तित भएका छन् ।

स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्षात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाई भएको जानकारी दिए । उनले भने , ‘रोपाई भएको धान पनि खडेरीले गर्दा सुक्दै गएको छ ।’

नरैनापुरमा खडेरीका कारण हालसम्म १५ प्रतिशत मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।

नरैनापुरमा धान खेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर रहेको जनाइएको छ ।


बर्षात नभएर धान रोपाइँ हुन नसकेपछि नरैनापुर गाँउपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ ।

वैकल्पिक सिँचाइको उपाय गरेर लगाएको धानबालीसमेत खडेरीका कारण नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा भइसकेकाले किसानका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र सङ्घीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ ।

खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र सघीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी रहेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटक बढे

३० श्रावण २०७९, सोमबार १४:१९
नेपालगञ्ज : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या बढेको छ । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको थियो । पथप्रदर्शक अनुराम चौधरीले यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुने गरेको बताए । बाघकै कारण पछिल्लो समय आन्तरिक तथा […]