सशस्त्र प्रहरीद्धारा जमुनाहा नाकामा मास्क वितरण

सदरलाइन संवाददाता ४ असार २०७८, शुक्रबार १६:४८
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाह नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ६० हजारबढी मास्क वितरण गरिएको छ । बैशाख २२ गतेदेखि असार ३ गतेसम्मको अवधिमा ६० हजार ५ सय पीस सर्जिकल मास्क वितरण गरिएको सशस्त्र प्रहरीका एसपी अशोक कुमार बमले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको मातहत रहेको जमुनाह बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले यो अवधिमा ६० हजारबढी मास्क २ सय ७० लिटर सेनिटाइजर, कोभिड विरुद्धका १ हजार एक सय पीस सचेतिकरण पर्चा समेत वितरण गरिएको एसपी बलमे बताउनुभयो ।


स्वास्थ्य मन्त्रालय युनिसेफ, आधार विकास नेपाल र नेपाल रेडक्रसको संयुक्त सहयोग र सहकार्यमा सशस्त्र प्रहरीले ८ सय एन्टिजेट किट, १० पीस गाउन, २७२ पीस ग्लोब्स र ४९ पीस फेसमाक्स पनि वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नेपाल भारत सीमा नाकालाई बन्द गरेको छ ।

नेपालगन्जको जमुनाहसहित देशभर १३ वटा नाकामात्रै खुल्ला छन् । ती नाकाबाट रोजगारको शिलशिलामा भारत पुगेकाहरु धमाधम घर फर्किरहेका छन् । उनीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले स्वास्थ्य सामग्री वितरण गर्ने गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्रेन ट्युमरले थलिएका क्याम्पस प्रमुख शाहीको उपचारमा सहयोगको अपिल

४ असार २०७८, शुक्रबार १६:४८
नेपालगञ्ज  : बिगत २५ वर्षदेखि शिक्षण पेशामा संलग्न रहदै आएका दैलेख आठबिस नगरपालिका तिलेपाटा क्याम्पस तिलेपाटाका क्याम्पस प्रमुख अग्रबहादुर शाही ब्रेन ट्यूमरबाट थलिएको १ वर्ष नाघ्यो । शिक्षण पेशबाट आर्जेको सबै उपचारमा खर्चेका उनी थप उपचारको लागि आवश्यक आर्थिक अभावको कारण हाल जीवन मरणको दोसाँधमा छन् । शाहीले शिक्षण पेशामा […]