आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै, बाँके अझै निरक्षर

सदरलाइन संवाददाता २३ भाद्र २०७८, बुधबार १५:४७
 

नेपालगञ्ज : आज बुधवार ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदैछ । ‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ दिवस मनाईंदै गर्दा बाँके जिल्ला भने साक्षर हुन सकेको छैन् ।

नेपालका ५४ जिल्ला साक्षर भइसक्दा समेत बाँके जिल्ला साक्षर हुन नसकेको हो । बाँकेका चारवटा पालिका साक्षर घोषणा भइसकेका छन् । तर नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिका साक्षर हुन नसक्दा जिल्लालाई साक्षरता घोषणा गर्न नसकिएको हो ।


स्थानीय तहले प्राथमिकता नराखेका कारण साक्षरता घोषणा गर्न चुनौति बन्दै गएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाँकेका प्रमुख रामसुरेश यादवले बताए ।

लुम्बिनी प्रदेशको बाँकेसहित कपिलबस्तु, कर्णाली प्रदेशकको मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा त्यस्तै सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा आधारभूत अस्पताल सञ्चालित

२३ भाद्र २०७८, बुधबार १५:४७
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले वडा न २ मा उक्त आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो । कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावत, उप मेयर सन्जु कुमारी थारूले संयुक्तरूपमा अस्पतालको बुधबार उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतले […]