राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगंजमा शुक्रबारदेखि स्पेशल कलेक्शन सञ्चालनमा आएको छ । कलेक्सनको राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले एक कार्यक्रमका बिच उदघाटन गरेका छन् ।
अध्यक्ष ढुंगानाले कलेक्सन सञ्चालनले राप्तीसोनारीको उद्योग वाणिज्य क्षेत्रमा थप आयाम थपेको बताए । युवा व्यवसायी कमल केसीले करिब ३५ लाखको लागतमा कलेक्सन सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समयमा ग्राहकको मागलाई मध्यनजर गर्दै सुविधा युक्ति कलेक्सन संचालनमा ल्याइएको संचालकले केसीले बताए ।
‘हामीले कोहलपुर, नेपालगञ्जकै रेटमा ब्रान्डेट लेडिज तथा जेन्स आइटम जुत्ता, थान कपडा, रेडिमेड कपडा उपलब्ध गराउँछौ’ केसीले भने ‘पसल उद्घाटनको अवसरमा विशेष छुटको समेत व्यवस्था रहेको छ ।’