स्वचालित पेस्तोल सहित दाङ्गमा एक पक्राउ

सदरलाइन संवाददाता १९ भाद्र २०७८, शनिबार १९:१५
 


दाङ्ग  :  दाङ्ग प्रहरीले स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका–९ सखी स्थाई  ठेगाना भई हाल घोराही उपमहानगर–१३ बडहरा बस्ने २५ वर्षीय ईन्द्रकमल बुढामगर रहेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही–१३ बडहरामा रहको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्बरकोे स्कुटी मुनि रातो प्लाष्टिकभित्र लुकाइ राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।


हातहतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै आइरहेको र हतियार आफ्नै घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले बुढामगरलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिआइबीको नक्कली इन्स्पेक्टर पक्राउ

१९ भाद्र २०७८, शनिबार १९:१५
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले आफुलाई प्रहरी निरीक्षक भन्दै सर्बसाधारणलाई धम्क्याउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । कोहलपुर ११ बसपार्क एरियामा शनिवार राती १० बजे आफुलाई सिआइबीको इन्स्पेक्टर हु भन्दै धम्क्याउँदै हिंडेका दार्माकोट २ सल्यानका ३२ बर्षीय दिपेन्द्र रोकायलाई राती पक्राउ गरेको कोहलपुरका डिएसपी रबिन्द्र खनालले जानकारी दिएका […]