सिआइबीको नक्कली इन्स्पेक्टर पक्राउ

सदरलाइन संवाददाता २० भाद्र २०७८, आईतवार १४:२६
 

नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले आफुलाई प्रहरी निरीक्षक भन्दै सर्बसाधारणलाई धम्क्याउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ ।

कोहलपुर ११ बसपार्क एरियामा शनिवार राती १० बजे आफुलाई सिआइबीको इन्स्पेक्टर हु भन्दै धम्क्याउँदै हिंडेका दार्माकोट २ सल्यानका ३२ बर्षीय दिपेन्द्र रोकायलाई राती पक्राउ गरेको कोहलपुरका डिएसपी रबिन्द्र खनालले जानकारी दिएका छन् ।


पक्राउ परेका रोकायले इन्स्पेक्टर हु भनेर स्थानीय, होटेल तथा पसलहरुमा गएर धम्की दिँदै हिँडेको अवस्थामा पक्राउ गरेको डिएसपी खनालले बताए ।

पक्राउ परेका रोकायसँग थप अनुसन्धान गरिरहेको खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फिलिपिन्सले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो

२० भाद्र २०७८, आईतवार १४:२६
काठमाण्डौ : फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलिदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाइएको त्यहाँको सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, […]