बाँके युनेस्को क्लवको ३२औं साधारण सभा सम्पन्न

सदरलाइन संवाददाता १२ भाद्र २०७८, शनिबार १९:५७
 

नेपालगञ्ज  :  बाँके युनेस्को क्लबको ३२ औं साधारणसभा शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले सो साधारण सभाको उद्दघाटन गरे । उनले बाँके युनेस्को क्लवले सामाजिक क्षेत्रको अग्रणी संस्थाको रुपमा आफ्नो परिचय शतिसाल झै दृढ बनाउन सकेकोमा बधाई समेत दिए ।

उनले क्लवले पिछडिएको समुदायमा शिक्षाको लागि होस वा कोभिड नियन्त्रण न्युनिकरणदेखि बाल संरक्षण, स्वास्थ्य लगायतका क्षेत्रमा विशेष सहकार्य गरेर काम गर्दै आएकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका मानार्थ अध्यक्ष एवं सदस्य हरिवंश किरातले देशभरीकै युनेस्को क्लबहरुमध्ये यो क्लब सबैभन्दा बढी सक्रिय र उत्कृष्ट कार्य गर्ने क्लब रहेकोले आफु सधैं क्लबका कार्यक्रमहरुमा आइरहने बताए ।


युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सह सचवि डा. बाबुराम अधिकारीले युनेस्कोले हरेक क्षेत्रमा काम गर्ने उल्लेख गर्दै बाँके युनेस्को क्लबले गरेका कामहरु अतिनै प्रशंसनीय रहेको बताए । उनले विश्वभरकै युनेस्को क्लबहरुमध्ये यो क्लब पनि उत्कृष्टको सुचिमा पर्ने दाबी गरे ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अर्का मानार्थ अध्यक्ष एवं सदस्य दिपक सरकारले यो क्लबले युनेस्कोको महान लक्ष्यलाई पुरा गर्न दिनरात खटेर काम गरिरहेको जनाउँदै यसबाट अन्य सामाजिक संघसंस्था शिक्षा लिनुपर्ने सुझाव दिए । क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्लबका महासचिव मिना कुमारी भुसालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने कोषध्यक्ष बुधेश कुमार जैशवालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

सो अवसरमा क्लवका सल्लाहकारहरु मो हारुन, रुद्र सुवेदी, निरज गौतम, नरेन्द्र थापालगायतलाई सम्मान गरिएको थियो भने विभिन्न परियोजनामा कार्यरत कर्मचारीलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा बर्षभरी उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरु लक्ष्मी चौधरी, आशा कुमारी सुनार, खिमबहादुर थापा, अनुपकुमार वर्मा र दयाराम चौधरीलाई नगदसहित एक्सिलेन्ट एअर अवार्ड प्रदान गरिएको थियो भने ४ जना कर्मचारीहरु साजिद अलि सिद्दिकी, शान्त कुमार चौधरी, बसन्त कुमार विसी र ईश्वर विकलाई बेस्ट एप्रिसिएसन सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा मदरसा ईस्लामिया संघका पुर्व अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मो हारुन, बाँकेका पूर्व अध्यक्ष निरज गौतम, सचिव कमल डाँगी, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहलगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा दुई समुहबीच खकुरी हानाहान एक घाइते

१२ भाद्र २०७८, शनिबार १९:५७
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा युवाका दुई समूहबीच खुकुरी हानाहान भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो १२ बजेतिर दुई समूहबीच खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारबाट एक युवा घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्र्चाज समेत […]