कोहलपुरमा दुई समुहबीच खकुरी हानाहान एक घाइते

सदरलाइन संवाददाता १३ भाद्र २०७८, आईतवार १५:२५
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा युवाका दुई समूहबीच खुकुरी हानाहान भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो १२ बजेतिर दुई समूहबीच खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारबाट एक युवा घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्र्चाज समेत रहेका प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले सो घटनामा बिनय चन्दले खुकुरी प्रहार गरी प्रदीप रानालाई घाइते बनाएको बताए । खुकुरी प्रहारबाट प्रदीपको शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।


घाइते रानाको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र अवस्था मध्याम रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट अर्का एकजना समेत सामान्य घाइते भएको बताइएको छ ।

प्रहरी नायव उपरिक्षक खनालका अनुसार केहीदिन पहिला प्रदीपले विनयलाई ठाडो किन हेरेको भन्दै कुटपिट गरेको र मिलापत्र गरेकोमा पुन आइतबार दिउसो बिनयले प्रदीपमाथि आक्रमण गरेको हो । घटनास्थलमा पुगेको कोहलपुर प्रहरीले घटनास्थलबाट एक थान खुकुरीको दाप समेत बरामद गरेको छ । घटनापछि फरार बिनयको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु ११ घाइते

१३ भाद्र २०७८, आईतवार १५:२५
कालिकोट : कर्णाली करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–२ को आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क १ ज ३२ नम्बरको जीप दुर्घटना हुँदा चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दुर्घटनामा जीपमा सवार अन्य ११ जना घाइते […]

सम्बन्धित