बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

सदरलाइन संवाददाता १ पुष २०७९, शुक्रबार १५:१३
 

कञ्चनपुर : बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ ।

शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।


बस महेन्द्रनगरबाट दार्चुला गइरहेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे। शुक्रबार घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए ।

घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले अहिले आवागमन सहज बनाउने प्रयास गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२२ वर्षपछि बिद्यालय ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन

१ पुष २०७९, शुक्रबार १५:१३
नेपालगञ्ज : कुनैपनि सामाजिक निकायमा बिधानतः २ वर्ष, ३ वर्ष वा बढीमा ४ वर्षमा नेतृत्व परिवर्तन हुन्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, बाँकेको एक बिद्यालयमा एउटै ब्यक्तिले २२ वर्षसम्म ब्यवस्थापन समिति अध्यक्ष भएर नेतृत्व गरेको पाइएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यमिक विद्यालय […]

सम्बन्धित