नेपालगञ्ज–१८ मा वडाध्यक्ष वर्माले गरे दोस्रो कार्यकालको पदभार

सदरलाइन संवाददाता १० जेष्ठ २०७९, मंगलवार १६:३९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरमा आफ्नो वडाका विकास निर्माणमा उत्कृष्ठ कार्य गरेर पहिलो कार्याकालयमा विकासप्रेमी वडा अध्यक्षको रुपमा चर्चामा बटुलेका नेपालगञ्ज–१८ का वडा अध्यक्ष दिपक वर्माले दोश्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष वर्माले मंगलबार पदभार ग्रहणपछि दुईवटा महत्वपूर्ण निर्णय गरेका छन् । वडा कार्यालयले आगामी आर्थिकवर्षदेखि लागु हुने गरि वडामा स्थायी बसोबास गर्ने पूर्ण अपांगता भएका ब्यक्तिहरुको विमा गरिदिने भएको छ ।


वडा कार्यालयले विमा गरिदिएपछि पूर्ण अपांगता भएका ब्यक्तिहरुले एकवर्षमा एकलाख रुपियाँसम्म उपचार खर्च पाउनेछन् ।

यसैगरी वडा कार्यालयले वडामा स्थायीरुपमा बसोबास गर्ने महिलाहरुलाई सुत्केरीको समयमा पोषणमा सहयोग गर्ने उद्धेश्यले दुई हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुदायिक विद्यालयलाई बस प्रदान गर्ने अध्यक्ष शाहको घोषणा

१० जेष्ठ २०७९, मंगलवार १६:३९
नरैनापुर (बाँके) : सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन नरैनापुर गाउँपालिकाले गाउँपालिका भित्र रहेका सवै सामुदायिक विद्यालयलाई विद्यालय बस सहयोग गर्ने भएको छ । विद्यार्थीलाई घरबाट विद्यालयसम्म पुर्याउन प्रत्येक सामुदायिक विद्यालयलाई एक–एक वटा बस उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष इस्तियाक अहमद शाहले बताए । दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिकाका […]