बाँकेमा कक्षा १२ का विद्यार्थीलाई खोप दिन शुरु

सदरलाइन संवाददाता ११ भाद्र २०७८, शुक्रबार १२:३८
 

नेपालगञ्ज : बाँकेमा आजदेखि कक्षा १२ का बिद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । शुक्रवार र शनिवार दुई दिन आठवटै पालिकामा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।


उनका अनुसार, २०७७ सालमा एडमिट भएर परीक्षा दिनका लागि प्रवेश पत्र हातमा लिएका १८ वर्षमाथिकालाई मात्रै खोप दिइने छ । बाँकेमा ६ हजार १ सय ५८ जना विद्यार्थीलाई खोप दिने लक्ष्य लिएको शर्माले बताए ।

साउन ३१ गतेदेखि शुरु हुने भनिएको परीक्षा भाइरस संक्रमणको जोखिमकै कारण अर्को सूचना नभएसम्म स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बढैयाताल र बाँसगढीका शिक्षकलाई बैकल्पिक कक्षा सञ्चालन तालिम सुरु

११ भाद्र २०७८, शुक्रबार १२:३८
बर्दिया : प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा संचालित ‘गल्स गेट इक्वेल : प्रिभेंटिंग चाइल्ड, अर्ली एण्ड फोर्सड म्यारिज प्रोजेक्ट’ अन्तर्गत विद्यालयमा पढिरहेका सिकाईमा पछाडी परेका बालबालिकाको लागि वैकल्पिक शिक्षाको माध्यमवाट कक्षा संचालन सम्बन्धि चार दिने वैकल्पिक कक्षा शिक्षक तालिम मैनापोखरमा सुरु भएको छ । उमेर अनुसारका बालवालिकाका लागि […]

सम्बन्धित