यस्तो छ, सरकारको बजेट

१५ जेष्ठ २०७५, मंगलवार १७:५४
 


सदरलाइनडटकम
१५ जेठ, नेपालगन्ज : आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको बताए ।
यो बजेट चालु वर्षको भन्दा ३७ अर्बले बढी हो । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ८ खर्ब ३१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ५३ अर्ब अन्तर्रा्ष्ट्रिय ऋण र ५८ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ । सरकारले १ सय ७२ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई विभिन्न अनुदानमार्फत आगामी वर्षका लागि ४ खर्ब बढी विभिन्न प्रकारका अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री खतिवडाले वित्तीय समानीकरण अनुदानमार्फत प्रदेश र स्थानीय तहका लागि १ खर्ब ३५ अर्ब ५० करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । त्यस्तै खतिवडाले राजश्व बाँडफाड बापत दुवै तहका सरकारका लागि १ खर्ब १४ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
उनले सर्तसहित कुनै योजना वा कार्यक्रम कार्यान्वयन गर्न दिइने अनुदान स्थानीयलाई १ खर्ब ८४ अर्ब र प्रदेशलाई ६३ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

Next Post

सदनमा आवाज उठाउन नसक्नु पार्टीको कमजोरी हो : पुर्व महामन्त्री सिटौला

१५ जेष्ठ २०७५, मंगलवार १७:५४
सदरलाइनडटकम   १६ जेठ, नेपालगन्ज : नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रति बलियो प्रतिपक्षकोे रुपमा प्रस्तुत हुन नसकेको बताएका छन । गणतन्त्र दिवस र पार्टी कार्यकर्तासँग भेटघाट गर्न नेपालगन्ज आइपुगेका सिटौलाले सदनमा काग्रेसको भुमिका कमजोर भएको स्वीकार्दै भने,‘ नीति तथा कार्यक्रमको बारेमा […]

ताजा अपडेट