सदरलाइनडटकम
२७ असार, कोहलपुर (बाँके) : कोहलपुरमा श्रीमानले आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या गरी श्रीमतीको टाउको सहित प्रहरीमा आत्मसमपर्ण गरेका छन् । कोहपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षिय अहमद अफ्ताब बेडुवाले आफ्नी श्रीमति २६ वर्षिया फुलचन बेडुवाको सोमबार राती करिव १० बजे घाँटी रेटेर हत्या गरेका हुन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक सुरेश कुमार काफ्लेले सोमबार राती करिव साढे १० बजे अहमद अफ्ताब साईकलको टोकरीमा मृतकको टाउको राखेर कार्यालयमा आईपुगेको बताए ।
ज्यामी काम गर्दै आएका अफताबका दुई श्रीमति रहेका मध्ये मृतक जेठी श्रीमति हुन । उनको काखमा करिव ७–८ महिनाको छोरी समेत
छ । ‘संधै कचकच गरेर सताउने गरेकीले धामीकाहा जाउ भनेर घरबाट अलि टाढा लगेर घाँटी रेटेर हत्या गरे र टाउको लिएर आएको छु भन्दै प्रहरी कार्यालय अभियुक्त आएको थियो’– डिएस्पी काफ्लेले भने ।
अभियुक्त अफ्ताबले दिएको बयानका आधारमा प्रहरीले कोहलपुर–१५ बाट टाउको गिडिएको अवस्थाको फुलचनको शब बरामद गरेको छ । शबसंगै हिलोले लतपतिएको अवस्थामा रहेकी मृतककी छोरीको उद्दार गरी आफन्तको जिम्मा लगाएको छ । प्रहरीले अफताब र उसकी कान्छी श्रीमतिलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।