अब जावा मोटरसाइकल नेपालगञ्ज मै

सदरलाइन संवाददाता ७ भाद्र २०७८, सोमबार १८:४७
 

नेपालगञ्ज : जावा ब्राण्डका मोटरसाइकलका पारखीका लागि खुशीको खबर छ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा.लिले नेपालगञ्जको भुजाई गाउँचोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम सञ्चालनमा ल्याएको छ ।

अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको लागि आफ्नो लोकप्रिय मोडेलहरूमा सुलभ पहुँच प्रदान गर्दै ‘जावा लाइफ’ को अनुभव गर्ने मौका प्रदान गर्ने अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले शोरूम उद्घाटन गर्दै भने–‘हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पु¥याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो ।’

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।


जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाइकल प्रेमीहरूका बीच एक राम्रो विकल्प बन्न पुगेको छ । यो नेपाली बजारमा अग्नि मोटो इंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ ।

नेपालगञ्जमा जावा शोरूमको नयाँ उद्घाटनसँगै, कम्पनीले देशमा क्लासिक मोटरसाइकल वर्ग (सेगमेन्ट)लाई पुनः परिभाषित गरिदिएको छ, जुन वास्तविक क्लासिक स्टाइलका साथ छ, जसले आधुनिक रेट्रो मोटरसाइकलहरूलाई आधुनिक प्रविधिसँग ‘प्याक’ गरिएको छ । जावा एक प्रामाणिक र प्रतिष्ठित ब्रान्ड भएकोले यसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्दछ र उनीहरू नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरूले गर्दा नेपालगञ्जमा हाम्रा ग्राहकहरूबीच तत्काल हिट हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

जावा मोटरसाइकलको बारेमा

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो । यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू यसको सुन्दर डिजाइन र बलियो प्रदर्शनले यसले प्रयोगकर्ताहरूका मन जित्नमात्र सहयोग नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठुलो परिणामको लागू औषधसहित महिला पक्राउ

७ भाद्र २०७८, सोमबार १८:४७
नेपालगञ्ज :  बाँके प्रहरीले सोमबार बिहान ११ बजेको समयमा बसपार्क सडक खढडबाट ठुलो परिणामको लागू औषधसहित एक महिलालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको टोलीले नेपालगञ्ज–४ बसपार्क सडक खण्डबाट १ हजार १ सय १५ नाईट्राजेपाम टेब्लेट र ६ ग्राम ब्राउन सुगर जस्तो धुलो सहित […]