ठुलो परिणामको लागू औषधसहित महिला पक्राउ

सदरलाइन संवाददाता ७ भाद्र २०७८, सोमबार १९:२५
 

नेपालगञ्ज :  बाँके प्रहरीले सोमबार बिहान ११ बजेको समयमा बसपार्क सडक खढडबाट ठुलो परिणामको लागू औषधसहित एक महिलालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको टोलीले नेपालगञ्ज–४ बसपार्क सडक खण्डबाट १ हजार १ सय १५ नाईट्राजेपाम टेब्लेट र ६ ग्राम ब्राउन सुगर जस्तो धुलो सहित बरमद गरेको हुम्ला नाम्खा गाउपालिका वडानं.१ घर भएकी वर्ष ३९ कि खण्डु तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।


नाईट्राजेपाम टेब्लेट र ब्राउन सुगर सहित प्रहरी नियन्त्रणमा परेकी तामाङ्ग माथि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा दुई महिलाको मृत्यु

७ भाद्र २०७८, सोमबार १९:२५
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगञ्जमा थप दुईजनाको मृत्यु भएको छ । कोरोनाबाट बर्दिया र कैलालीकी महिलाको मृत्यु भएको हो । मधुवन नगरपालिका–४ बर्दियाकी ७० वर्षीया महिलाको सोमवार राती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार गएको […]