फैजाने मदिना मस्जिदमा आश्रय लिएका विद्यार्थी तथा मौलानाको स्वाब संकलन

१६ बैशाख २०७७, मंगलवार २३:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन स्थानीय प्रशासनले बाँकेमा रहेका धार्मिक संस्थाहरुको अनुगमन तथा त्यहाँ आश्रय लिएका धर्मगुरु, विद्यार्थीको कोरोना परिक्षण गर्नका लागि स्वाव संकलन सुरु गरेको छ ।

अन्तरधार्मिक समाजिक सद्भाव समिति, मुस्लिम आयोग अनुगमन समितिको सहभागितामा मंगलबार फुलटेक्रामा रहेको फैजाने मदिना मस्जिद र मदरसामा रहेका मौलाना, शिक्षक र विद्यार्थी गरी १० जनाको स्वाब संकलन गरिएको हो ।

पिसिआर प्रबिधिबाट कोरोना परीक्षणको लागि स्वाव परिक्षण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए ।


उनले सबै धर्म र सम्प्रदायका अगुवाहरुको सहभागितामा जिल्लाका सबै धर्मका धार्मिकस्थलको अनुगमन र त्यहाँ आश्रय लिएर बसेकाहरुको स्वाव संकलन गरी कोरोना जाँच गर्ने निर्णय अनुसार बाँकेमा पनि सुरु गरिएको बताए ।

उनले बाँकेमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिको अगुवाईमा सबै धर्मका धार्मिक संस्थाको अनुगमन र त्यहा बस्नेहरुको कोरोना परिक्षण गर्ने कार्यको सुरुवात गरिएको बताए । उनले फैजाने मदिना मस्जिदबाट सुरु भएको सो अभियान बागेश्वरी मन्दीर परिसरमा चाँडै सुरु गरिने जानकारी दिए ।

सो अवसरमा अनुगमन समितिका संयोजक तथा संविधान सभा सदस्य अब्दुल हमीद सिद्धिकि,नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणा, नेपाली सेनाका नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओली, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, हिन्दू धर्मगुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु अब्दुल जब्बार मन्जरी, इसाई धर्मगुरु, बौद्ध धर्मगुरु, नेपाल हज समितिका सदस्य एंव अनुगमन समितिका सदस्य मेराज अहमद हिमालय, वडा ४ नं.वडा अध्यक्ष मोहम्मद सफिक बहेना, ६ नं. वडाका अध्यक्ष समिर प्रताप शाह लगायतको टोलीले मस्जिदको अनुगमन गरी मस्जिदमा रहेका १० जनाको कोभिड १९ परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

Next Post

कोरोनाका तीन बिरामी थपिए, संक्रमितको संख्या ५७

१६ बैशाख २०७७, मंगलवार २३:५६
सदरलाइनडटकम, काठमाण्डौ : नेपालमा कोरोना भाइरस (कोभिड १९) का तीनजना बिरामी थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो । स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन् भने एकजना पर्साको वीरगञ्जका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको […]