रात्री कबड्डीमा मेयरसा’वको टिममै गैर कर्मचारी राखेको भन्दै वडा अध्यक्षद्वारा उजुरी

९ बैशाख २०७५, आईतवार ११:०४
 

सदरलाइनडटकम
९ बैशाख, नेपालगन्ज  : नेपालगन्जमा शनिबारदेखि जारी मेयरकप रात्री कबड्डी प्रतियोगितामा मेयरसा‘व कै टिम विरुद्ध उजुरी परेको छ । सो खेल नेपालगन्ज उप–महानगरले जितेको छ ।
शनिबारको उद्दघाटन खेलमा नेपालगन्ज उप–महानगर कर्मचारी टिम वडानं. १२ बीच भएको खेलमा मेयर डा. धवल शम्शेर राणाले नेतृत्व गरेको टीमका दुई जना सदस्य उप–महानगरको कर्मचारी नभएको भन्दै उजुरी परेको हो ।
नेपालगन्ज उप–महानगरको कर्मचरी टिमबाट गैर कर्मचारीलाई खेलाइको पाईएपछि सो खेल नै रद्द गर्न माग गर्दै वडा नं. १२ का वडा अध्यक्ष तथा टिम कोच बुद्धिसागर सुवेदीले आयोजक र निर्णयकलाई लिखित उजुरी दिएका हुन । उनले भने–‘नगरपालिकाको कर्मचारीको टिम भनेर दर्ता भएको छ । अनि मेयरसावले नै नेतृत्व गरेको टिममा नै गैर कर्मचारी राखेर खेलाईएपछि विरोध गरेका हौ ।’
रातो जर्सिमा रहेको मेयर राणाको टिमका जर्सि नं. ४ र जर्सि नं. ५ का खेलाडि बर्दियाबाट राष्ट्रिय टिममा प्रतिनित्व गर्ने खेलाडि भएको जानकारी आएकोले सो खेलको नतिजा नै रद्द गरी पुनः खेलाईनु पर्ने आफहुरुको माग रहेको वडा अध्यक्ष सुवेदीले बताए ।
यता आयोजकले खेलको नियममा पनि सम्बन्धित वडा तथा उप–महानगरपालिकाको कर्मचारी मात्र सहभागि हुन पाउने नियम बनाएको र परेको उजुरीको बारेमा छानविन हुने जनाएको छ । यसैबीच वडा नं.४ का वडा अध्यक्ष तथा आयोजक सफिक नद्दाफले टिम दर्ताको लागि पत्र पठाएको बताउदै त्यसमा खेलमा सहभागि हुने खेलाडि नेपाली नागरिक हुनु पर्ने मात्र खुलाएको बताए ।


 

Next Post

सौराह राप्ती किनारमा पाटेबाघ मृत भेटियो

९ बैशाख २०७५, आईतवार ११:०४
सदरलाइन /डिलकुमारी नेपाल , ९ बैशाख, चितवन : चितवनको सौराहा राप्ती किनार नजिकै आईतबार विहान एउटा दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । उनले घटनास्थालको प्रारम्भिक अवस्था […]

सम्बन्धित