सदरलाइनडटकम,
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मे १ क। ३२८ नम्बरको टिपरले ठक्करबाट घोडाघोडी नगरपालिका १ सुखडमा ६ वर्षीय सुवास बस्नेतको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यज्ञराज जोशीले बताए । घाइते बालकको घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिए पनि उनको अस्पतालमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए ।
बालकको मृत्युपछि आफन्तहरूले पूर्व पश्चिम राजमार्ग केही बेर अवरुद्ध गरेका थिए । केही समय स्थिति तनावग्रस्त भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन खोज्दा २ जना प्रहरी घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । प्रहरीले कञ्चनपुरको बेदकोट नगरपालिका ३ दैजीका ४३ वर्षीय टिपर चालक हिरासिंह धानुक र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Next Post
बचत गर्ने महिला नेपालगञ्जमा सम्मानित
१६ फाल्गुन २०७५, बिहीबार १८:२४
सम्बन्धित
-
७ माघ २०८०, आईतवार १८:४७
नेपालगञ्जबाट औपाचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु
-
९ फाल्गुन २०७४, बुधबार १९:२९
भारतबाट ल्याईएको कुखुराको मासु नियन्त्रणमा
-
१३ चैत्र २०७८, आईतवार १९:०६
चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि
-
१९ फाल्गुन २०७७, बुधबार १७:४२
ढकेरी उदैनको साधारणसभा सम्पन्न
-
२१ मंसिर २०७५, शुक्रबार १८:१९
माडी नदिबाट दाङमा खानेपानीको व्यवस्था गरिने : सभामुुख महरा
-
७ मंसिर २०७७, आईतवार १७:३१
नदीजन्य पदार्थ विक्रि वितरणमा रोक