कोरोना संक्रमणबाट भेरीमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २ भाद्र २०७८, बुधबार १४:५१
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा बुधवार थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ कैलालीकी ३४ वर्षीया महिलाको उपचारका क्रममा विहान सवा ११ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

साउन २४ गते कोहलपुर मेडिकल कलेजमा उनको कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनी भेरीको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको हो ।


योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ८८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नगरशिक्षा समितिको सदस्यमा विष्णु बेल्वासे मनोनित

२ भाद्र २०७८, बुधबार १४:५१
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा समितिको सदस्यमा तक्षशिला एकेडेमिका अध्यक्ष तथा कोहलपुर टाइम्सका प्रकाशक बिष्णु बेल्वासे मनोनित भएका छन् । कोहलपुर नगरपालिकाको शिक्षा सम्बन्धी नीति निर्माण गर्ने नगर शिक्षा समितिको सदस्यमा बेल्वासेलाई मनोनित गरिएको हो । लामो सयमसम्म कोहलपुर बाँकेमा पत्रकारिता क्षेत्रमा आवद्ध बेल्वासे नगर शिक्षा समितिको सदस्य […]

सम्बन्धित