गुलरिया नगरपालिकाको बालअधिकार समितिमा बालविवाह अन्त्यबारे छलफल

सदरलाइन संवाददाता १० भाद्र २०७८, बिहीबार १६:५६
 


बर्दिया : बाँके युनेस्को क्लब नेपालगञ्जद्वारा प्लान इन्टरनेशनलसंँगको साझेदारीमा संचालित ‘गल्स गेट इक्वेल : प्रिभेंटिंग चाइल्ड, अर्ली एण्ड फोर्सड म्यारिज प्रोजेक्ट’ अन्तर्गत नेपाल सरकारको बाल विवाह अन्त्यको लागि सन् २०३० सहितको रणनीतिक लक्ष्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राथमिकता, नीतिगत तथा कानुनी व्यवस्था, चालु पन्ध्रौ योजना लगायतका क्षेत्रमा भर्र्चुअल माध्यामबाट बैठक सम्पन्न गरिएको छ ।

कोरोना कहरका कारण भर्चुअल आयोजना गरिएको सो बैठकको उद्देश्य स्थानीय सरकार, बालअधिकार समिति, नागरिक समाज तथा गैर सरकारी सस्थाको प्रगती समिक्षा, बाल विवाह अन्त्यका लागि स्थानीय सरकारको नीतिगत तथा कानुनी र बजेट कार्यक्रमिक व्यवस्था, घटना व्यवस्थापन, समग्र चुनौती तथा सवालका बारेमा समिक्षा गर्न आयोजना गरिएको बताइएको छ ।

भर्चुअल बैठक माध्यमबाट गुलरिया नगरपालिका, बाल अधिकार समिति र नागरिक समाजसंग बाल विवाह न्युनिकरण तथा रोकथाममा स्थानीय सरकारको प्रगति समिक्षा विषयक अंतराक्रियात्मक कार्यक्रममा नगर उपप्रमुख तथा बाल अधिकार समितिका संयोजक सुशिला गिरिका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाल अधिकार समिति, नागरिक समाज र जनप्रतिनिधिहरुको सहभागिता रहेका थियो ।


यसैगरी परियोजना क्षेत्रको बाँसगढी, राजापुर र बढैयाताल गाउपालिकामा पनि यसरि नै छलफल समिक्षा तथा अन्तकृयात्मक कार्यक्रम गरि बाल विवाह विरुद्धको प्रगति प्रतिवेदन तयार गरी जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, तथा चारवटै पालिकाका नगर÷गाउ प्रमुख उपप्रमुख, पत्रकार, नागरिक समाज तथा गैर सरकारी संस्थासंग जिल्ला स्तरीय समिक्षा गरी प्रधानमन्त्रीको कार्यालयमा पठाईने भएको छ ।

 यसअघि बर्दिया जिल्लामा बालविवाहको अवस्था तथा स्थानीय सरकारको योगदान, अवसर र चुनौती बारे तयार पारिएको  कार्यपत्र  पस्तुत  गरिने  कार्यक्रम  तय भएको सो परियोजनाका संयोजक बसन्त कुमार विसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘स्टिक एण्ड स्टोन’ सत्रको समीक्षा सम्पन्न

१० भाद्र २०७८, बिहीबार १६:५६
नेपालगञ्ज : प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा बाँकेका चार स्थानीय तहमा मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने उद्देश्यका साथ सञ्चालन गरेको प्रोटेक्ट परियोजना अनतरगत सञ्चालित विद्यालय लक्षित ‘स्टिक एण्ड स्टोन’ सत्र सम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ । परियोजना संयोजक महेश नेपालीले क्लवले बाँकेका खजुरा, बैजनाथ […]