दलबहादुर माओवादीमा प्रवेश गर्दा गठबन्धन भित्र खैलाबैला

सदरलाइन संवाददाता १ कार्तिक २०७९, मंगलवार १३:५७
 

नेपालगञ्ज : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रचार प्रसार तीव्र बन्दै गइरहेका बेला गठबन्धनले नपल्याउँदा स्वतन्त्रका उम्मेदवार बनेका दलबहादुर सुनार माओवादीमा प्रवेश गर्दा गठबनधनभित्र खैलाबैला मच्चिएको छ ।

समाजवादीका नेता सुनारले गठबन्धनबाट उम्मेदवार सिफारिस नहुँदा स्वतन्त्रमा बाँके क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए । उनी सोमवार माओवादीमा प्रवेश गरेलगतै माओवादी पार्टीबाट प्रदेश क मै उम्मेदवार बनेका आइपी खरेलले आफ्नो सामाजिक सञ्जालबाट आधिकारिक उम्मेदवार म नै हो भन्नु र यसअघि खरेलले टिकट पाउँदा असन्तुुष्टी जनाउँदै बैजनाथ र खजुराको माओवादी नेतृत्वको राजीनामा आउनुले कतै दलबहादुरलाई नै योजनाबद्ध ढंगले अगाडि बढाइएको त होइन भन्ने आशंकाहरु उब्जिएका छन् ।

गत स्थानीय तह निर्वाचनमा पनि एकले अर्कोलाई राम्रोसंग विश्वास गर्न नसक्दा कतै गठबन्धन भएको थियो भने कतै काँग्रेस माओवादी केन्द्र एक्ला एक्लै निर्वाचन लडेका थिए ।


अहिले पनि विश्वासको वातावरण राम्रोसंग बन्न नसकेको नेपाली काँग्रेस र माओवादी केन्द्रभित्रका केही नेता कार्यकर्ताले सार्वजनिक रुपमै बताइ रहँदा दलबहादुरको माओवादी केन्द्र प्रवेश गठबन्धनका लागि अविश्वास गर्ने अर्को खाडल बनेको छ ।
किनकी उनी उम्मेदवार हुन र यसको असर सोझै गठबन्धनमा पर्ने राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । माओवादीभित्रको अन्तरविरोधकै वीच दलबहादुरलाई प्रवेश गराइएकोमा स्वयम माओवादीकै उम्मेदवार त झस्किए नै त्यसको असर क्षेत्र नंं. ३ भरी नै देखिएको कार्यकर्ताहरुले बताएका छन् ।

उता नेपाली काँग्रेसभित्रका एक नेताले भने क्षेत्र नं. ३ मा बर्दियाबाट मान्छे ल्याएर टिकट दिएकोमा बाहिरी मान्छेलाई कसरी जिताउने भन्ने टाउको दुखाई भएका बेला गठबन्धनकै एउटा घटकभित्रको अन्तरद्वन्द्वले गठबन्धनभित्र खैलाबैला शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङका रोशनी र शरदको चिता एकै ठाउँमा जलाइयो

१ कार्तिक २०७९, मंगलवार १३:५७
दाङ : जंगलमा हत्या गरी एकै ठाउँमा गाडेको अवस्थामा शव फेला परेका दाङका रोशनी महतरा र शरद आचार्यका चिता एकै ठाउँमा जलेको छ । फरेन्सिक विज्ञ आएर मंगलबार उनीहरूको शव पोष्टमार्टम भएसँगै मंगलबार दुबै जनाको शितलपुर घाटमा अन्त्येष्टि गरिएको हो । रोशनी र शरदका आफन्त तथा परिवारजनले उनीहरूको चिता एकै […]

सम्बन्धित