सदरलाइनडटकम,
काठमाण्डौ : १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १० वटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ५, तेक्वान्दोमा ४ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ ।
नेपालले दुईवटा रजतपदक पनि हासिल गरेको छ । त्यसैगरी, भारतले ट्रायथलनमा, पाकिस्तानले करातेमा, श्रीलंकाले तेक्वान्दोमा र बंगलादेशले तेक्वान्दोमा एकएक स्वर्णपदक जितेका छन् ।
