सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको लक्षण देखापरेपछि गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।
दुबईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलवारनै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधवार मात्रै सार्वजनिक गरेको हो ।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा पनि संक्रमण पत्ता लागेको थियो । कोरोनाभाइरसबाट संक्रमित तीन जनामध्ये १ जना सामान्य अवस्थामा फर्किसकेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।
Next Post
कतारबाट बाँके आएका तीन नेपालीको पहिचान खुल्यो
१२ चैत्र २०७६, बुधबार १५:५६
सम्बन्धित
-
२ असार २०७४, शुक्रबार २०:२६
एमाले महासचिवको खुलासा : कांग्रेसको डिजाइनमा राजपालाई प्रयोग गरी चुनाव सारियो
-
२६ कार्तिक २०८०, आईतवार १३:४१
शिक्षा उद्यमी बस्नेतको निधन
-
११ आश्विन २०७४, बुधबार १६:४९
उर्जामन्त्री शाहीले भने ‘नेपालमा ऐन/ कानूनका ड्राफ्टहरु माफियाले बनाउँछन्’
-
६ फाल्गुन २०७६, मंगलवार १६:२२
कोरोनाका कारण चीनमा अस्पताल निर्देशकको मृत्यु
-
९ आश्विन २०७७, शुक्रबार ०९:१५
कृषि विधेयकविरुद्ध भारतमा चक्काजाम
-
२२ भाद्र २०७८, मंगलवार १३:०१
कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु