बाँकेमा ८०५ थपिँदा ५ सय ११ डिस्चार्ज

सदरलाइन संवाददाता २ जेष्ठ २०७८, आईतवार १७:१२
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ८ सय ५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पातलको ल्याबमा गरिएको कुल ७ सय ८० मध्ये ६ सय २२, मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल १ सय ४६ जना मध्ये ८३ र बागेश्वरी ल्याबमा १ सय ८० जनाको परिक्षण गर्दा १ सय जना गरी बाँकेमा ८ सय ५ जनामा संक्रमणको पृष्टि भएको छ ।

यसका साथै आज थप भएको मध्ये बाँकेको ३ सय ६५ जना रहेका छन् भने बाहिरी जिल्लाका ४ सय ४० जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।

आइतवार थप भएका संक्रमितसहित बाँकेमा हालसम्म १५ हजार ९ सय ७४ जनामा संक्रमण पृष्टि भएको छ ।


त्यस्तै आइतवार २ सय २३ महिला र २ सय ८८ जना पुरुष गरी ५ सय ११ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १२ हजार १ सय २० जनाले कोरोना भाईरसलाई जितेका छन् ।

बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ३ हजार १ सय ७७ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ७३ जना रहेका छन् ।

यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ३५ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँकेमा ४ सय २१ जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमितको उपचार सहजिकरणका लागि लागि भेरीमा स्वास्थ्य सहायता कक्ष

२ जेष्ठ २०७८, आईतवार १७:१२
नेपालगञ्ज : कोरोना संक्रमितको अत्यधिक चाप बढ्न थालेपछि नेपालगञ्जको भेरी अस्पतालको आपत्कालिन कक्ष अगाडि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याईएको छ । कोभिड– १९ का संक्रमितको उपचार सहयोगार्थ नेपलिज अमेरिकन च्याम्बर अफ कर्मश डग्लास टेक्सास, टेक्सास नेपलिज मेडिकल एशोशियसनको सहयोग, डिसिसिएमसि बाँके र भेरी अस्पतालको समन्वय तथा बास नेपालको व्यवस्थापनमा आईतबारबाट […]