कर विवाद छिट्टै समाधान गरिने अर्थमन्त्रीको दाबी

२९ श्रावण २०७५, मंगलवार १७:१८
 


सदरलाइनडटकम,
काठमाडौं  : अर्थमन्त्री युवराज खतिवडाले करबारे देखिएको विवाद छिट्टै समाधान गर्ने दाबी गरेका छन् । संघीय संसद प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले जनतालाई करको मारमा नपार्ने बताए । उनले भने, ‘सरकार यसबारेमा सचेत छ, सार्वसाधारणलाई करको मारमा पार्दैनौं ।’
कतिपय स्थानीय सरकारले नबुझेर करसम्बन्धी निर्णय लिएको भन्दै अर्थमन्त्री खतिवडाले सुधार गर्नका लागि सरकार छलफल गरिरहेको जानकारी दिए । संविधानले व्यवस्था गरेअनुरुप सरकारले कर कार्यान्वयनमा ल्याएको स्पष्ट पार्दै उनले संविधानमा व्यवस्था भएबमोजिम कर असुली गर्ने विषयमा कुनै समस्या नरहेको दाबी गरे ।
अर्थमन्त्री खतिवडाले व्यापार घाटा कम गर्न सरकारले कृषि, उर्जा र निर्माण सामग्रीको उत्पादनमा वृद्धि गर्ने योजना ल्याउन लागने जानकारी दिए । आयात प्रतिस्थापन नगरी मुलुकको व्यापार घाटालाई कम गर्न नसकिने स्पष्ट पार्दै उनले सरकारले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएको जिकिर गरे ।
बैठकमा समितिका सदस्यहरुले आर्थिक समृद्धिका लागि व्यापार घाटा कम गर्न, वैदेशिक लगानी भित्रयाउन विशेष जोड दिन अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यापार घाटा कम गर्न १० वर्षे योजना निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा समितिका सदस्य डा. बाबुराम भट्टराईले वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई प्रभावकारी बनाउने गरी ऐन संशोधन गर्न माग गरे ।

Next Post

हुम्लामा हेलिकोप्टर दुर्घटना हुँदा एक भारतीयको मृत्यु

२९ श्रावण २०७५, मंगलवार १७:१८
सदरलाइनडटकम, हुम्ला : हुम्लाको हिल्सा विमानस्थलमा मंगलवार मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सिमिकोटबाट हुम्ला गएको हेलिकप्टर यात्रु झार्ने क्रममा दुर्घटना हुँदा भारतीय पर्यटक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो । यात्रु झार्दै गर्दा हेलिकप्टरको पखेटाले लागेर उनको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मेहता […]