सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला कारागारका महिला कैदीबन्दीले आन्दोलन शुरू गरेका छन् । महिला कैदीबन्दीले चौकीदार हटाउन माग गर्दै शुक्रवार आन्दोलन गरेका हुन् ।
‘चौकीदारसँग केही कुरामा नमिलेको भन्ने सुनिएको छ । म बुझ्दै छु । ठ्याक्क के भएको हो बुझेपछि मात्रै थाहा हुन्छ,’ निमित्त जेलर दीपेन्द्र पौडेलले भने,’ अहिले चौकीदारलाई यहाँबाट हटाउनु पर्यो भन्ने उहाँहरूको माग छ ।’
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने आफूलाई कारागारमा भइरहेको विरोधबारे जानकारी नभएको बताए । ‘केही दिनअघि त्यहाँ खानाको विषयमा कुरा नमिलेको भन्ने खबर आएपनि आन्दोलनका विषयमा मलाई खबर गरिएको छैन ।
म बुझ्छु,’ उनले भने । यसअघि कात्तिक १४ गते पुरुष कैदीबन्दीले आन्दोलन गरेपछि जेलरको सरुवा भएको थियो । अहिले कारागार जेलरविहीन छ ।
