बाँकेका भण्डारीलाल अहिर लुम्बिनी प्रदेशको मन्त्री बन्दै

सदरलाइन संवाददाता २४ बैशाख २०८०, आईतवार १५:०८
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट भण्डारीलाल अहिरलाई लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनाउने भएको छ ।

जसपा लुम्बिनी प्रदेश कमिटीको बैठकले सर्बसम्मत अहिरलाई मन्त्री बनाउने निर्णय गरेको प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिएका छन् ।

भर्खरै नवगठित सरकारमा जसपाको पनि समर्थन रहेको हुँदा यसअघि पनि नेकपा एमालेका लिला गिरी नेतृत्वको लुम्बिनी सरकारमा छोटो समय मन्त्री बन्दै पार्टीको निर्देशन अनुसार राजिनामा दिएका बाँके २ ’क’ बाट निर्वाचित अहिरलाई पुनः पार्टीले मन्त्री बनाउने निर्णय गरेको अध्यक्ष यादवले बताए ।


अहिरलाई मन्त्री बनाउने निर्णय भइसकेपनि जसपाले कुन मन्त्रालय लिने भन्ने बारेमा टुंगो नलागेको अध्यक्ष यादवले बताए ।

लुम्बिनी प्रदेश सभामा जसपाका ३ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरबाट २ सडक मानवको उद्धार

२४ बैशाख २०८०, आईतवार १५:०८
दाङ : तुलसीपुरबाट २ सडक आश्रित मानवको उद्धार गरिएको छ । शनिबार राती तुलसीपुरको बसपार्कबाट एक महिला र एक पुरुष गरी दुई सडक मानवको उद्धार गरिएको हो । मानव सेवा आश्रम तुलसीपुरको पहलमा प्रहरी, अधिकारकर्मी , पत्रकार लगायतको टोलीले दुई सडक आश्रित मानवको उद्धार गरिएको हो । सल्यान ढोरचौर घर […]