एकसय ८० मिलिग्राम ब्राउन सुगरसहित थारुद्वय प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता १० श्रावण २०७८, आईतवार १७:४५
 

बर्दिया  : बर्दिया प्रहरीले प्रतिबनिधत लागु औषध ब्रउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार १ सय ८० मिलि ग्राम ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायव उपरीक्षक शाहीले असार ९ गते बेलुका प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरी टोलिले बाँसगढी नगरपालिका वडानं. ७ बड्कीडेउडामा वडानं. ६ दमौली बस्ने बर्ष २३ को सुरज थारु र बर्ष १९ को प्रकाश थारुका साथबाट सो ब्राउन सुगर बरामद गरेको बताए ।


‘प्रहरी गस्ती हिडिरहेको बेलामा थरुद्वय शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा चेकजाँच गर्दा निजहरुको साथबाट १ सय ८० मिलिग्राम लागु औषध (ब्राउन सुगर) फेला परेकोले निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ’– प्रहरी नायव उपरिक्षक शाहीले भने ।

प्रहरी नियन्त्रणमा रहेका थारुद्वय माथि लागूऔषध वसारपसार बिरुद्धको कसुरमा अनुसन्धान सुरु भएको बर्दिया प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संगठन विस्तार अभियानमा राष्ट्रिय युबा संघ बाँके

१० श्रावण २०७८, आईतवार १७:४५
नेपालगञ्ज : नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युबा संघ बाँकेले जिल्लाका आठवटै पालिका र वडास्तरमा कमिटी विस्तार गर्ने अभियान सञ्चालन गरेको छ । सो अभियानकै क्रममा आइतबार खजुरामा आयोजना गरिएको पालिका स्तरिय युवा भेलाबाट किरणकुमार क्षेत्रीको संयोजकत्वमा खजुरा गाउँपालिकास्तरीय रााष्ट्रिय युबा संघ कमिटी गठन भएको रााष्ट्रिय युबा संघ बाँकेका […]