सदरलाइनडटकम,
दाङ : ट्रयाक्टर दुर्घटना हुँदा घोराही उपमहानगरपालिकामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रयाक्टर चालक प्युठानको नौबहिनी गाउँपालिका, स्याउलिबाङका २२ वर्षीय रामु बढामगरको मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरस्थित सवारी कोटबाट लक्ष्मीपुरतर्फ दाउरा लिएर आउँदै गर्दा रा १ त १२४५ नम्बरको ट्रयाक्टर मंगलवार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
